काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् ।
ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।
तपाईको प्रतिक्रिया