नहरले बगाउँदा बालिकाको मृत्यु

समाचार

बर्दिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो ।

नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ