श्रम सम्बन्धी नीति निर्माण गर्दा भुइमान्छेको विषयलाई ध्यान दिइने : श्रममन्त्री भण्डारी

समाचार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमसम्बन्धी नीति निर्माण गर्दा भुइमान्छेको विषयमा ध्यान दिइने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको ‘नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा न्यूनतम मापदण्ड निर्माण’गर्ने सम्बन्धमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

उनले सरकारले श्रम सम्बन्धी नीति निर्माण गर्दा भुइमान्छेको विषयलाई ध्यान दिने बताउँदै भुइँमाछेलाई केन्द्रमा राखेर श्रम सम्बन्धी नीति निर्माण गर्ने बताए ।

त्यस्तै उनले गन्तव्य मुलुकको आर्थिक उन्नतिमा प्रत्यक्ष योगदान गरेको श्रमिकको हक हितलाई पनि गन्तव्य मुलुकले ध्यान दिनु पर्नेमा जोड दिए ।

उनले नेपाली श्रमिकले जुनकुसै मुलुकमा भए पनि अन्तराष्ट्रिय मानव अधिकार प्राप्त गर्नुपर्नेमा जोड दिए ।

साथै उनले नेपालको कानुनले श्रमिकको हक र अधिकार प्राप्तिमा वाधक भएमा त्यस्ता कानुनहरु परिमार्जनमा मन्त्रालयले तयार भएको पनि बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ