स्वराज आन्दोलनका प्रथम शहीद राम मनोहरको पुण्यतिथि मनाइयो

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम शहीद राम मनोहर यादवको ७औं पुण्यतिथि मनाएको छ ।

काठमाडौंको मध्यबानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा शनिबार स्वराज आन्दोलनका लागि प्रथम शहीद यादवको पुण्यतिथि तथा स्मृति दिवस मनाइएको हो ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खान, राष्ट्रिय उपाध्यक्ष ई.दीपक कुमार शाह, पार्टीकी प्रमुख सचेतक अनिता देवी साहलगायत पार्टीेका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पुण्यतिथिमा तथा स्मृति दिवसको दिन श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

शहीद राम मनोहर यादवको सहादत दिवस – तत्कालीन् मन्त्रीलाई बर्दिया जिल्लाको एउटा कार्यक्रममा प्रश्न सोध्न आएको भन्दै मन्त्रीको निर्देशनमा प्रहरीद्वारा पक्राउ गर्न लगाई हिरासतमा चरम यातना दिँदा वि.सं.२०७५ साल भाद्र १५ गते उनको हिरासतमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ