तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार

इमरान खान, कपिलवस्तु । नजिकिँदै गरेको हरितालिका तीजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कपिलवस्तु कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तीज विषेश कार्यक्रम रमाइलो गरि सम्पन्न भएको छ ।

तीजको पावन अवसरमा महिलाहरु विभिन्न तीज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

प्रमुख अतिथिमा कपिलवस्तुको कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, वृजेश कुमार गुप्ता, केशर विश्वकर्मा लगायत स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतका उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ