“गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समिति” को विशाल जनप्रदर्शन

समाचार

काठमाडौं । “गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समिति“ को आयोजनामा शनिबार बेलुका काठमाडौंको कालिमाटीबाट पानीको झरीसंगै विशाल जनप्रदर्शन गरिएको छ ।

केही दिन अगाडि सर्वोच्च अदालतको डिभिजन वेन्चद्वारा पहिला देखि नै खोलानदिको रहेको २० मीटरको मापदण्डलाई थप २० मिटर बढाएको छ ।

जसअनुसार अब बागमती, विश्णुमति जस्ता कैयौं खोलामा खोलाको छेउबाट दायाँबायाँ ४० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने र भएका घर टहराहरु पनि हटाउनु पर्ने कार्यले लाखौं उपत्यकावासीहरुको उठिवास नै हुने अवस्था भएको छ ।

खोला मिच्न पाइदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदैन, खोलानदीको मापदण्ड खारेज गर भन्ने नारासहित कालिमाटीको दस पार्टी भेन्यु एण्ड रिसेप्सनबाट शुरु भएको जुलुस शोल्टीमोड हुदै कुलेश्वर हुदै कालिमाटी चोक हुँदै बसन्तपुर जाने पुल क्रस गर्दै टेकु हुँदै पुनः कालीमाटी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

पीडितहरुको संघर्षलाई ऐक्यबद्धता जनाउन पुगेका राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले यस आन्दोलनमा समर्थन जनाए र निश्कर्शमा नपुगुन्जेल आफुले साथ दिने प्रतिबद्धता जनाए ।

काठमाडौं ९(क) का प्रदेश सदस्य नुरज बज्राचार्यले जनतालाई उठिवास गराउने कस्तो सरकार र न्यायालय हो भनेर प्रश्न गरे र आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।

संघर्ष समितिका संयोजक सुमन सायामीले उपत्यावासीलाई उठिवास गराउने राज्यको नीतिलाई आफुहरुले प्रतिकार गर्ने बताए। आएलो १६९ लागु गरिनुपर्ने माग रहेको बताए ।

खोलानदीको कुनैपनि प्रकारको मापदण्ड स्वीकार नगर्ने बताए। सुकुम्बासीहरुको व्यवस्थापनको नाममा लाखौं जनतालाई उठिवास गराउने प्रपन्च स्वीकार नगर्ने बताए ।

कार्यक्रमको संचालन स्वनिग विशेष ब्युरोका इन्चार्ज रविन्द्र कुमार श्रेष्ठले गरेका थिए। कार्यक्रममा केशव झा, राजाराम तण्डुकार, बुद्ध छिरिङ मोक्तान, कौशल सिंह, राम किशोर सिंह, जुनतारा पुन मगर, अनिल महासेठ, सुवर्ण श्रेष्ठ , विकास श्रेष्ठ ,कृष्णा थापा लगायत हजारौको उपस्थिति थियो ।

भोली आइतबार ११ः०० बजे बसन्तपुरमा जम्मा भै काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ध्यानाकर्षण पत्र दिइने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ