जुटमिलमा आगलागी हुँदा ३० लाखभन्दा बढीको क्षति

समाचार

मोरङ । कटहरी गाउँपालिका–४ संराहीस्थित अमित कुमार जैनको पशुपतिनाथ जुटमिलमा सोमबार दिउँसो आगलागी भएको छ ।

आगलागी हुँदा जुटमिलमा रहेको दुई वटा ब्रेकर मेसिन, करिब २५ टन अर्धतयारी अवस्थामा रहेको कच्चा जुट लगायतका सामान जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ