राकेश यादव, रौतहट । नेपाल इन्जिनियर्स एशोसिएसन नेपालको आयोजनामा चुनावी सभा तथा अन्तरक्रिया कार्यक्रम सोमबार रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
भाद्र २८ गते हुने नेपाल इन्जिनियर्स एशोसिएसनको तेस्रो प्रादेशिक कार्यकारिणी समिति अन्तर्गत मधेश प्रदेशको प्रादेशिक निर्वाचनको लागि नेपाल इन्जिनियर्स एसोशिएसन नेपाल गैर राजनीतिक संगठनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारको प्रचार प्रसारका लागि चुनावी सभा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा इन्जिनियर गौरी पंडितको नेतृत्वमा सहभागी भएका टीमलाइ जिताउनका लागि आयोजना गरिएको चुनावी सभामा प्रमुख अतिथि इन्जिनियर प्रमोद यादवले यो संगठन कुनै राजनीतिक दलको भातृ संगठन नभई इन्जिनियरहरुको हक अधिकारको लडाईको लागि स्वतन्त्र संगठन भएको बताएका छन् ।
कुनै दलसँग आबद्ध नभएको हुदा राजनीतिक दलको संगठन पार्टीको नीति निर्देशनमा हिंड्ने गरेकोले इन्जिनियरहरुको हक हितमा बलियो आवाज उठाउन नसक्ने जिकिर गर्दै इन्जिनियर गौरी पंडित नेतृत्वको प्यानललाइ जिताउन मतदाताहरूलाइ आग्रह गरे ।
२ वर्षको कार्य अवधि रहेको सो संगठनको निर्वाचनमा गौरी पंडितको नेतृत्वमा १६ जना उम्मेदवार रहेका छन् ।
कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य पदका उम्मेदवार ई.तेज नारायण यादवले पार्टीको भातृ संगठनले पेसागतमा रहेका इन्जिनियरलाई केहि समस्या पर्दा केहि बोल्न नसकिने भएकोले गैर राजनीतिक संगठनका उम्मेदवारलाई सफल बनाउन आग्रह गरे ।
गैरराजनीतिक संगठनको तर्फबाट सभापतिमा इन्जिनियर गौरी पंडित, उप सभापतिमा मुकेश राज साह, सचिवमा इन्जिनियर अजित कुमार मण्डल, सहसचिव आर्किटेक रोशनी यादव, कोषाध्यक्ष पदमा अभिषेक कुमार गुप्ता, सदस्य पदमा परबेज खान, अमित कुमार पाण्डेय, आशु्तोष कुमार सिंह, अरविन्द कुमार महतो, मधुसुधन सरार्फ, मनोज कुमार साह, रामकान्त प्रसाद यादव, अशोक मण्डल, जितेन्द्र राय र इन्जिनियर अर्चना यादव उम्मेदवार रहेका छन् ।
कार्यक्रम नेशनल इन्जिनियर्स एसोशिएसन नेपालको रौतहटका अध्यक्ष अभिषेक कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया