युनियनको स्थापना दिवसमा रक्तदान

समाचार

कपिलवस्तु, १९ भाद्र । नेपाल निजामती कर्मचारी युनियनको ३५औं स्थापना दिसवको अवसरमा कपिलवस्तु जिल्ला समितिले कपिलवस्तु अस्पताल तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा जिल्लामा कार्यरत कमचारिहरुको तर्फबाट ३८ प्वाइन्ट रगत संकलन भएको छ । कार्यक्रममा वोल्दै लुम्विनी प्रदेश सदस्य सुधाकर पाण्डेयले रक्तदान जिवन दनन भएकोले युनियले स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य भएको जनाए ।

कर्मचारीहरु जनता प्रति उक्ररदायी भई काम गरेको खण्डमा जनता र कर्मचारी विच सुमुधुर सम्बन्ध हुने समेत पाण्डेयले बताए ।

कार्यक्रममा कपिलवस्तु अस्पतालमा मेडिकल सुपरिटेन्डन डा.किशोर बन्जाडे, युनियनका प्रदेश उपाध्यक्ष वाजिर आलम खान, नेपाली कागे्रस कपिलवस्तु नागरपालिका सभापति खुर्सेद अहमद खां, बुद्धभूमि नगरपालिकाका कार्यपालिका सदस्य कमलेश बरई, लगायतले स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए ।

कार्यक्रम युनियनका जिल्ला अध्यक्ष झक बहादुर आलेको अध्यक्षता र सचिव नविन खनालको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ