बाँके । जिल्ला नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको झाडापखालाबाट मृत्यु भएको छ ।
पासीलाई १८ गते राति बान्ता र झाडापखाला भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगन्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चार जनाको मृत्यु भएको थियो ।
झाडापखालाको प्रकोप छैन, तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्य चौकीमा जाँचका लागि आउने क्रम बढेको छ ।
स्वास्थ्य चौकीमा बिहीबार एकैदिन १०६ जना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उहाँले बताउनु भयो। जसमध्ये ४५ जनाले आऊ र पखालाको लक्षण देखिएको छ ।
गेग्ली गाउँ र सोनवर्षामा गरी चार जनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको स्थानीयहरूको भनाई छ ।
तपाईको प्रतिक्रिया