सर्लाही । चन्द्रनगर गाउँपालिका–२ बिर्ता बजारस्थित सडकमा म.प्र–०१–००१ क ३२२ नम्बरको टिपरमा आगलागी भएको छ ।
बिहीबार दिउँसो आगलागी हुँदा टिपरको टायर र वायरिङ्गको भाग जलेर करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको हो ।
टिपरको बेसबाट गिटि र बालुवा झार्ने क्रममा विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया