पार्टी निर्माणका लागि राजेन्द्र महतोले बोलाए राष्ट्रिय समिति बैठक

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति सञ्चालन गर्दै आएका पूर्वउपपूधानमन्त्री राजेन्द्र महतोले पार्टी निर्माणका लागि तयारीलाई तीव्रता दिएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले आगामी रणनीति तथा पार्टी निर्माणका लागि राष्ट्रिय समिति बैठक आह्वान गरेका छन् ।

काठमाडौंस्थित कृष्णभोग पार्टी प्यालेसमा असोजको १ देखि ३ गतेसम्मका लागि राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बस्न लागेको हो ।

सो बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीति अवस्था, राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणालगायत अन्य विषयहरुमा छलफल हुने राष्ट्रिय मुक्ति क्रान्तिका नेता किशोर गुरुले जनाएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिले यसअघि नै देशव्यापीरुपमा विभिन्न चरणका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । देशभरिका शुभचिन्तकहरुले पार्टी निर्माणका लागि दिएको सुझावअनुसार नै पार्टी गठनको तयारीमा जुटेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ