सुनसरी । कोशी गाउँपालिका–६ र सोही गाउँपालिका–७ को सिमाना हरिपुरस्थित धानबारीबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ४६ किलोग्राम बिहीबार राती प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भण्टाबारी र प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले बारीमा लुकाई राखिएको २८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया