मोरङ । मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोक जंगलस्थित सडकमा किसान चोकबाट टाँडितर्फ जाँदै गरेको प्र.१–०२–०५२ प ४०६४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो दुर्घटना हुँदा चालक झापा मेची नगरपालिका–१ बाहुनडाँगी बस्ने ४५ वर्षीय कृष्ण थुलुङ राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया