काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका नेता कौशल कुमार सिंहले हाम्रो सभ्यता र संस्कृतिअनुसार राष्ट्रिय शिक्षा नीति बन्नुपर्ने बताएका छन् ।
त्रिभुवन युनिवर्सिटीको सेडा हलमा राष्ट्रिय मुक्ति क्रान्तिले शनिबार आयोजना गरेको संवादात्मक कार्यक्रममा नेता सिंहले देश एकल भएको र एक पक्षीय रुपले मात्र देश संचालन गर्ने गरेकाले देशमा समस्या रहेको बताएका हुन् ।
पश्चिमा सभ्यताले शिक्षा क्षेत्रमा ल्याएको विकृतिलेले हाम्रो सभ्यता र संस्कृतिमाथि प्रहार गरेको भन्दै नेता सिंहले अब देश बहुल राष्ट्रिय राज्यमा र हाम्रो सभ्यता र संस्कृति अनुसारको राष्ट्रिय शिक्षा नीति बन्नु पर्ने धारणा राखे ।
उनले अहिलेको शिक्षाले जुन आवश्यकता सृजना गरेको छ त्यो आवश्यकताको पूर्ति देशभित्र यूवाहरुले पाउन नसक्दा विदेशिने गरेको बताए ।
नेता सिंहले देशमा राष्ट्रिय मुक्ति क्रान्ति गर्न सबै एकजुट हुनुपर्ने र विद्यार्थीहरुले आफ्नो भविष्यको लागि अहिलेका ठग, बेइमान, दलाल नेताहरुसँग प्रश्न गर्न सक्नुपर्ने बताए ।
राष्ट्रिय मुक्ति क्रान्तिका विद्यार्थी इन्चार्ज पंकज देवको सभापतित्वमा सम्पन्न कार्यक्रमले पुरुषोत्तम दासको संयोजकत्वमा ११ सदस्यीय ईकाइ समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा रविन्द्र यादव, विन्देश्वर कुमार साह, राजेश दास, संदीप दास, रजनीश कुमार महतो, लक्ष्मण साह, रमेश कुमार महतो, रोहित यादव र सतीश साह तेली रहेका छन् ।
यो समितिले आगामी दिनमा वृहत समिति गठन गरी संगठन विस्तार गर्ने संयोजक दासले बताए ।
तपाईको प्रतिक्रिया