स्वरुप परिवर्तन गरी बनाइएको रथ पक्राउ

समाचार

राकेश यादव, रौतहट । जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले डिजे साउण्ड सहितको रथ नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी माधोपुरबाट खटी गएको टोलीले वडा नम्बर ६ स्थित सडक खण्डमा आउँदै गरेको बी आर ३३ एफ ४८६१ नम्बरको भारतीय रथलाइ रोक्दा चालकले रथ छोडी भागेकोमा रथ नियन्त्रणमा लिएको हो।

चेकजाचको लागि प्रहरीको टोलीले भारतीय नम्बरको रथ रोक्दा चालकले छोडेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जानकारी दिएका छन्।

नियन्त्रणमा लिएको रथ बोलेरो गाडीको स्वरुप परिवर्तन गरी रथ बनाइएको र रथमा लगाइएको डिजे साउण्ड सिस्टम थान २,जेनेरेटर थान १,एम्लिफायर थान १, एल इ डी स्टेप्लाइजर थान १, एलिडी थान १ भन्सार छली गरी नेपालमा बिक्रि गर्ने उदेश्यले ल्याएको बुझिएको प्रहरीको दावी रहेको छ।

पक्राउ गरिएको रथ तथा रथमा जडान गरिएको बिधुतिय उपकरण समेतलाइ ५ लाख ४७ हजार रुपैया मुल्यांकन गरी कानुनी कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ