४३ किलो गाँजासहित दुई पक्राउ

समाचार

मोरङ । बिराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाँटस्थितबाट अवैध लागूऔषध गाँजा ४३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय गणेश चौधरी र सोही महानगरपालिका–१३ बस्ने २२ वर्षीय रोजेश परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८ च ७८८० नम्बरको कारलाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेश र कारमा सवार रोजेशलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ