सिरहा । जिल्लाको दुई छुट्टाछुट्टै स्थानको पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
कर्जन्हा नगरपालिका–४ बस्तिपुर बस्ने सुमित लामाको छोरा ३ वर्षीय नुरगेन लामाको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, औरही गाउँपालिका–५ स्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने सजिबुल खानकी छोरी ३ वर्षीया अलिया खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया