पार्टी अध्यक्ष महन्थ ठाकुर र लोसपा नेपाल मेरो लागि सर्वोपरि हो : सोनल

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले अध्यक्ष महन्थ ठाकुरको निर्देशन, नीति, नेतृत्व र पार्टीको सिद्धान्त आफ्नो लागि सर्वोपरि रहेको बताएका छन् ।

मधेशवाणीसँग सोनलले कुराकानी गर्दै, ‘लोसपाभित्र कुनै किसिमको विवाद वा असन्तुष्टि छैन । श्रद्धेय अध्यक्ष महन्थ ठाकुरको निर्देशन, नीति र नेतृत्व मेरो लागि सर्वोपरि हो । मेरो लागि पद ठूलो कुरा होइन ।’

सोनलले अध्यक्ष ठाकुरकै निर्देशनमा आगामी महाधिवेशनलाई सभ्य र भव्य बनाउन लागिपरेको बताउँदै आगामी दिनमा लोसपालाई मधेशमा व्यापक विस्तार र जनताको पार्टी बनाउन नयाँ उचाइँमा पु¥याउन लागिपरेको बताएका हुन् ।

यसै सन्दर्भमा सदस्यता वितरण अभियान, प्रत्येक वार्ड, पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशमा तीव्रताका साथ महाधिवेशनको तयारी भइरहेको उनले बताए ।

बाहिर हल्ला चलेजस्तो पार्टीभित्र कुनै किसिमको विवाद वा असन्तुष्टि नरहेको प्रष्ट पार्दै पार्टीको अध्यक्ष ठाकुरकै नेतृत्व र पार्टीको सिद्धान्तअनुसार सबै कुरा अगाडि बढिरहेको उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ