संविधान खारेजीको माग गर्दा वीरगंजबाट आजपाका नेताहरु पक्राउ

समाचार

वीरगंज । आम जनता पार्टी (आजपा) ले वर्तमान संविधानको खारेजीको माग गर्दै वीरगंजमा अन्त्येष्टि यात्रा निकालेको छ ।

सो क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहा आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह, राकेश बैठा, सन्देश साह, सन्धया पासवान लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।

सरकारले संबिधान दिवस मनाउदै गर्दा आजपाले संबिधानको खारेजीको माग गर्दै देशका विभिन्न ठाउँमा अन्त्येष्टि यात्रा निकालेको छ ।

आजपा केन्द्रीय सदस्य एंव मधेश प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीको धरपकड एंव हस्तक्षेपको भर्त्सना गर्दै पक्राउ परेका नेताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ