राष्ट्रिय मुक्ति क्रान्तिसहितको बृहत मोर्चाद्वारा विशाल विरोध प्रदर्शन

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाद्वारा माइतीघर मण्डलामा विशाल बिरोध प्रदर्शनको आयोजना गरिएको छ।

गैरन्यायिक सडक तथा खोलाको मापदण्ड खारेज गर, बहुलराष्ट्रिय राज्य कायम गर, असोज ३ कालो दिन, दलित अभियानको माग पुरा गर, भ्रस्टाचारीलाई कार्वाही गर, सहकारी पीडितलाई न्याय दे, नेपाः मण्डल कायम गर, स्वदेशवाद जिन्दावाद, राष्ट्रिय मुक्ति क्रान्ति नेपाल जिन्दावाद लगायतको नारा लगाइएको थियो।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी, जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान, रबिन्द्र कुमार श्रेष्ठ, जितेन्द्र बज्राचार्य, गोपाल किराँती, कुशलव केसी लगायतका वक्ताहरुले आफ्ना भनाईहरु राखेका थिए।

राजेन्द्र महतो, सुमन सायमी, केशव झा, रबिन्द्र कुमार श्रेष्ठ , राजिव झा, पुर्व मन्त्री राम नरेश राय, पुर्व मन्त्री ओमप्रकाश गुल्जारी लगायत सबै सडकमा सुतेर उपत्यकावासीलाई घरबारविहिन बनाउने फैसलाको बिरोध गरेका थिए र संविधान जलाएर संविधानको बिरोध गरेका थिए।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ