जसपा नेपालले पोखरामा मनायो कालो दिवस

समाचार

पोखरा । संविधान दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समितिद्धारा पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संविधान २०७२ संशोधन गर्नुपर्ने भन्दै बिरोध गरेको छ ।

वर्तमान समयमा देशको बिग्रदो राजनीतिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संविधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागीले विरोध जनाएका थिए ।

उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष रमेश कुमार सि.के ले यो राज्य व्यवस्था एकल जातिय र बर्गीय रहेकोले दलित, जनजाति, मधेशी, मुस्लिम, महिला, अल्पसंख्यकहरुलाई यो संबिधानले सम्बोधन गर्न नसकेकोले संशोधन गर्नुपर्ने बताए ।

सो अवसरमा ज.स.पा.नेपालका केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समितिका उपाध्यक्ष मन बहादुर गुरुङले नाताबाद र फरियाबादले देश खोव्रmो बनाएको नेपालीको टाउकोमा दिनानुदिन ऋण थपिदै गएकाले संबिधान अपुरोअधुरो भएको बताए ।

त्यस्तै ज.स.पा नेपालका केन्द्रिय सदस्य हर्क बहादुर गुरुङले राज्यको पनः संरचना गर्नुपर्ने साथै प्रदेश सरकारलाई स्वायक्त बनाउनुुपर्नेमा जोड दिए ।

केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष मधुकर न्यौपानेको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य राम जुलुम शर्माले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ