शुद्धोधनको बजेट ५३ करोड ८६ लाख ८५ हजार

समाचार

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि ५३ करोड ८६ लाख ८५ हजार २ सय ९० रुपैयाँ प्रस्तुत गरिएको छ ।

लबनी स्वास्थ्य चौकी हलमा नवौं गाउँ सभामा गाउँपालिका उपप्रमुख होम प्रसाद चौधरी कुर्मीले सो बजेट पेश गरेका हुन् । बजेट सर्वसम्मत पास भएको छ ।

बजेट आर्थिक बर्ष २०८०÷०८१ भन्दा ३ करोड कम आएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असार १० भित्र ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट गाउ पालिकाले भने ३ महिना ढिलो गरी ल्याएको हो ।

आर्थिक बिकास तर्फ ५ करोड ४० लाख १० हजार, सामाजिक विकास तर्फ २६ करोड ४१ लाख ३७ हजार, पुर्वाधार विकास तर्फ १० करोड ३१ लाख ९५ हजार २९०, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ४७ लाख ८७ हजार, कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १० करोड २५ लाख ५६ हजार बिनियोजित गरिएको छ ।

संघीय, प्रदेशबाट आउने अनुदानमा कमी भएका कारण चालु आर्थिक बर्ष ३ करोड बजेट कम आएको हो । गाउँपालिका प्रमुख कमलेश शरण चौधरीले नीति र कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख ६ वटा बडालाई सम्मान जनक रुपम बजेट बिनियोजन गरेको बताए ।

गाउँपालिका प्रमुख, उप प्रमुख र वडागतरुपमा समेत बजेट छुट्टाइएको छ । चालु आर्थिक बर्षका लागि आन्तरिक श्रोत तर्फ भने ३ करोड ७२ लाख ७६ हजार उठने अनुमान गरिएको छ ।

बजेले शिक्षा, कृषि तथा पशु पालनलाई उच्च प्राथमिकतामा राखेको कृषिलाई ब्यवसायिककरण गर्ने तर्फ उन्मुख हुने प्रमुख चौधरीले बताए । सामाजिक सुरक्षा र तथा सामाजिक संरक्षण, पुर्वाधार निर्माण तर्फ बिशेष जोड दिइएको छ ।

सिचाई, सडक मर्मतमा बजेट खर्च गर्ने कार्यक्रम छ । बिपद र प्राकृति प्रकोप बाट हुन सक्ने धन जनको क्षति रोक्न र राहत दिनका लागि समेत बजेटमा रकम छुट्टाइएको छ ।

कोभिड १९ ले गर्दा मुलुक मै आर्थिक मन्दी चलेका अवस्थामा काम गर्न चुनौती रहेको भन्दै गाउपालिकालाई संबृद्ध बनाउन सहमति सहकार्य, एकता र सामुहिक प्रतिबद्धता सहीत अघि बढने योजना रहेको प्रमुख प्रशाकीय अधिकृत धनिश्वर पौडेलले बताए ।

सभा प्रमुख चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत पौडेलको आतिथ्यता र ईश्वरी प्रसाद न्यौपानेको संचालनमा भएको हो । गत आर्थिक बर्ष २०८०÷८१ मा शुद्धोदन गाउपालिकामा ८२ दशमलव १९ प्रतिशत बजेट खर्च भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ