प्रेस काउसन्सिलद्वारा मधेशवाणीका कार्यकारी सम्पादक पुरस्कृत

समाचार

काठमाडौं । प्रेस काउन्सिल नेपालद्वारा मधेशवाणीका कार्यकारी सम्पादक रामसुकुल मण्डल पुरस्कृत भएका छन् ।

काउन्सिलको ५५औँ वार्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित वार्षिक प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले संयुक्तरुपमा सो नगदसहित पुरस्कृत गरेका छन् ।

यस्तै कार्यक्रममा यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा सम्मानित भएका छन् ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट पत्रकार बद्री सिग्देल पुरस्कृत भएका छन् ।

काउन्सिलले वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ