काठमाडौं । नेपाल–भारत महिला मैत्री समाजले शनिबार काठमाडौँकोे बुद्धनगरमास्थित डी.डी.आइ ब्याङ्केटमा नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइने जितिया पर्व २०८१ कोे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका सदस्यहरु, विशिष्ट व्यक्तिहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पधाधिकारीहरु, भारतीय रादूतावासबाट माहिला प्रतिनिधिकोे रूपमा गरिमा नौटयाल, नेपाल महिला संघका प्रतिनिधिहरु, मधेशी महिला समाजका प्रतिनिधिहरु, राष्ट्र सेविका समितिका प्रतिनिधिहरु, नेपाल विद्यार्थी संघ तथा नेपाल तरुण दलका महिला प्रतिनिधिहरु एवम् विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरु समेत लगायतका विभिन्न अतिथिगणहरुकोे उपस्थिति भई सफलतापूर्वक कार्यक्रम सफल भएको थियो ।
उक्त कार्यकममा नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले जितीया पर्वकोे विशेष महत्त्व भन्दै, यो पर्व खासगरी महिलाहरुद्वारा आफ्नो सन्तानको सुख, समृद्धि र लामो आयुका लागि मनाइने विश्वकै एक कठिन पर्व हो जुन ३ दिनसम्म व्रत बसी मनाईने गरिन्छ भन्ने मन्तव्य राख्दै जितीया पर्वकोे शुभकामना दिइन् ।
सँगसँगै यस संस्थाबाट महिला सशक्तिकरणकोे लागि भएको अनेकौं सामाजिक कार्यक्रम, शान्ति र मित्रताको सम्बर्द्धन, शिक्षा र सीप विकासमा योगदान, सामाजिक विकासमा सहकार्य, गरिबी निवारणमा सहयोग एवम् विपद्मा परेका पीडितहरुलाई सहयोग समेत गरेको जिकिर गर्दै आगामी दिनमा पनि यो संस्थाबाट थप ऊर्जाका साथ यसरी नै जनताको सेवा गर्नेछौँ भन्ने संकल्प समेत गरिन् ।
त्यसैगरी, पूर्वउपसभामुख एवम् पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले समेत आफ्नो मन्तव्य राख्दै यस संसारका रचयीता माहिला नै हुन् र भगवानले पनि समेत माहिलालाई बढी विश्वास गर्नुहुन्छ भन्ने धार्मिक मान्यता रहेकोले महिलाहरुले नै अधिकांश पर्वमा व्रत बस्नु पर्छ भन्ने विचार समेत राख्दै यस पर्वकोे शुभकामना दिएकी हुन् ।
भारतीय राजदूतावासकोे तर्फबाट महिला प्रतिनिधिकोे रूपमा उपस्थित भएकी गरिमा नौटयालले पनि आफ्नो मन्तव्य राख्दै जितीया पर्वको शूभकामना दिएकी छन् ।
सधैँभरि यसरी नै सुखी स्वस्थ्य रही उत्साहित रूपले आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गरी नारी शक्तिकोे एउटा सन्देश पनि प्रकट हुन्छ भन्दै आग्रह समेत गरिन् ।
तपाईको प्रतिक्रिया