राकेश यादव, रौतहट । रौतहट प्रहरीले जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयबाट कैद जरिवाना भई फरार रहेका विभिन्न मुद्दाका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मितिमा फैसला भई सजाय भएका अभद्र व्यवहार मुद्दाका ८, चोरी मुद्दाका २, कुटपिट लुटपिट मुद्दाका २ र जुवा खेल्नु वा सट्टाबाजी गर्न नहुने कसुर मुद्दाका १ गरी १३ जना फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अभद्र व्यवहार मुद्दामा कैद ४ महिना र जरिवाना १० हजार भएका स्थानीय राजपुर नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३० को राम प्रवेश साह, २ हजार १ सय रुपैयाँ जरिवाना भएका स्थानीय वडा नम्बर ५ बस्ने बर्ष ३० को धर्बेन्द्र भगत माली, जरिवाना ४ हजार भएका स्थानीय वडा नम्बर ४ बस्ने बर्ष २१ को कमरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अभद्र व्यवहार मुद्दामा ५ हजार ८ सय रुपैया जरिवाना भएका स्थानीय राजदेवी नगरपालिका वडा नम्बर ९ मा बस्ने बर्ष २९ को रंधिर कुमार सिंह, अभद्र व्यव्हार मुद्दामा ७ हजार ३ सय रुपैया जरिवाना भएको राजदेवी नगरपालिका ९ का २९ बर्षीय रन्धीर कुमार सिंह, अभद्र व्यव्हार मुद्दामा ४ हजार ६ सय रुपैया जरिवाना भएका गौर नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २३ को बेलबा भन्ने हरिओम राय यादव, अभद्र व्यव्हार मुद्दा मै १० हजार रुपैया जरिवाना भएका बौद्धिमाइ नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४० को मो. मोनिफ मिया, अभद्र मुद्दामा १० हजार जरिवाना लागेका स्थानीय राजदेवी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ को मुन्ना यादव भन्ने आकाश राय यादव खोज तलाशको क्रममा पक्राउ परेको प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जानकारी दिएका छन् ।
कुटपिट लुटपिट मुद्दामा ५ सय रुपैया जरिवाना भएर फरार रहेका यमुनामाई गाउपालिका वडा नम्बर २ मा बस्ने बर्ष प्रदीप यादव भन्ने प्रदीप अधिकारी, घ सय रुपैया जरिवाना भएका प्रदीप यादव भन्ने प्रदीप अधिकारी, चोरी मुद्दामा कैद १ महिना ५ दिन र ७२ हजार ३ सय रुपिया जरिवाना लागेका प्रदीप यादव भन्ने प्रदीप अधिकारीलाइ दोस्रो पटकको चोरी मुद्दा मै कैद २ दिन र ७८ हजार जरिवाना भएको छ ।
जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा २७ हजार ६ सय जरिवाना भएर फरार रहेका स्थानीय फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ३७ को पन्ना लाल साहलाइ पक्राउ गरी सम्बन्धित निकायमा कार्यवाहीको लागि पठाइएको प्रबक्ता गिरिले जनाएको छ ।
तपाईको प्रतिक्रिया