मोरङ । रंगेली नगरपालिका–९ धन्झुवा बस्ने २८ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घर नजिकै धान खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
साथै चट्याङ लागेर घाइते भएकी १ जनाको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया