स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

समाचार

बाँके । नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् ।

मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ