राप्रपाका पूर्वसहमहामन्त्री शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वसहमहामन्त्री आनन्द शर्माले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

बिहीबार शंखमुलस्थित राष्ट्रिय मुक्ति क्रान्ति नेपालको केन्द्रीय कार्यालयमा पुगि शर्माले पार्टी प्रवेश गरेका हुन् ।

वीरगंज निवासी शर्मालाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले खादा, माला तथा टिका लगाइ पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गर्दै शर्माले आफ्नो पूर्वपार्टी राप्रपाले बाटो बिराएको र अब मुलुकको निकास राष्ट्रिय मुक्ति क्रान्तिबाट मात्र सम्भव देखेकोले आफूले पार्टी प्रवेश गरेको बताए ।

मुलुकको नेतृत्व आफूहरुले गर्नुपर्ने बेला आएको बताउँदै शर्माले अब राजेन्द्र महतोको नेतृत्वमा एकबद्ध भएर आफ्नो मुद्दा लिएर जनताको बीचमा जाने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ