हाइस दुर्घटना हुँदा एकको मृत्यु

समाचार

धनुषा । गणेशमान चारनाथ नगरपालिका–७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हाईसमा सवार तेह्रथुम आठराई गाउँपालिका–२ बस्ने ४९ वर्षीय बासु देब गौतमको मृत्यु भएको हो ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ