सिरहा । राष्ट्रिय मुक्ति पार्टी नेपालको सिरहा जिल्लाको गोलबजारको कुशवाहा धर्मशालामा भएको जिल्ला बैठकले संयोजक सत्य नारायण यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
बैठकले जिल्लाका १७ वटा पालिकामा बैठक गरी पालिका कमिटी गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा रामपा नेपालका केन्द्रीय नेता कौशल कुमार सिंहले यो पार्टी बहुल राष्ट्रवाद, स्वदेशवाद र सामुदायिक समाजवादको एजेण्डामा अगाडी बढेको र पार्टीले राष्ट्रिय मुक्ति क्रान्ति पुरा गरी यो एजेण्डालाई पुरा गर्ने बताए ।
बैठकमा केन्द्रीय नेताहरु अनील सिंह, प्रदीप सिंह दनुवार, धनीराम महतो, भरत साह, रेणु शर्मा, सुनीता पण्डित, ललिता चौधरी, दोरीक चौधरी, विनोद चौधरी लगायतका दर्जनौं नेताहरुको उपस्थिति थियो । कार्यक्रम पार्टीका जिल्ला संयोजक श्री सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जिल्ला कार्यसमितिमा राम औतार यादव, वीरेन्द्र कुमार महतो, राम दयाल कामती, पशुपती गोहिवार, सुलेनादेवी यादव, शान्ती देवी ठाकुर, राम नारायण चौधरी, सन्जु कुमारी राम, संगीता महतो र उतीमलाल मण्डल सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया