मोरङ । पथरीशनिश्चरे नगरपालिका–१ जातेमोडस्थित सडकमा मोटरसाइकल बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्र.१–०२–०५५ प ७३८ नम्बरको मोटरसाइकल प्र.१–०१–००१ ख ४१६३ नम्बरको बसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका–६ बस्ने २८ वर्षीय रमेश खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उक्त स्थानमा प्र.३–०१–०२३ च ३५९२ नम्बरको पिकअपले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
प्रहरीले बस चालक र पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया