काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रतिनिधिसभाको प्रथम समामुख, लोकतान्त्रिक आन्दोलनको अग्रणी योद्धा, मानव अधिकारको अभियन्ता, नागरिक आन्दोलनको अगुवा, संविधानविद्य तथा नेपाली कांग्रेसको नेता दमननाथ ढुङ्गनाको असामयिक निधनप्रति लोसपा नेपालले समवेदना व्यक्त गरेको छ ।
लोसपाका महासचिव डा.सुरेन्दू झाले शोक सन्देश जारी भनेका छन्, ‘दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडिमा शोक सन्तप्त परिवार प्रति लोसपा नेपाल हार्दिक समवेदना प्रकट गर्दछ ।’
नेपालको लोकतान्त्रिक आन्दोलन, संसदीय व्यवस्थाको संस्थागत विकास एवं सशस्त्र आन्दोलनलाई निष्कर्शमा पु¥याउन १२ बुँदे सहमति देखि शान्ति सम्झौताको कार्यन्वयन गर्नमा स्वं ढुङ्गानाको योगदान अतुलनीय रहेको उनले स्मरण गरेका छन् ।
‘उहाँ मधेश र मधेशीे लोकतान्त्रिक पद्धतिको पहरेदार रहेको एवं मधेशी नागरिकलाई मुलुकको राजनीतिको मुल प्रवाहमा ल्याउँदै राज्यको सम्पूर्ण संयन्त्रमा पूर्ण सहभागिता हुनु पर्दछ भनेर निरन्तर बकालत गर्दै आउनु भएको थियो ।’ शोक सन्देशमा भनिएको छ ।
तपाईको प्रतिक्रिया