करिब ३ सय ९ किलोग्राम गाँजा बरामद

समाचार

सुनसरी । इटहरी उपमहानगरपालिका–२० पानीपिया जंगलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९ किलोग्राम प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको को.१ च ७६८९ नम्बरको स्कारपियो गाडीभित्र उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार स्कारपियो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ