मटिहानीमा लैगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइयो

समाचार

महोत्तरी । “हामी सबैको प्रतिबद्धता ः लैगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता“ भन्ने मूल नाराका साथ “लैगिक हिंसा विरुद्धको १६ दिने अभियान– २०२४“ अन्तर्गत जनचेतना मूलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी मटिहानी नगरपालिकामा मनाइएको छ ।

उक्त अवसरमा श्री राम माध्यमिक विद्यालय मटिहानीबाट निकालिएको जनचेतना मूलक ¥याली मटिहानीको बिभिन्न भागहरुको परिक्रमा गरेको थियो ।

मटिहानी नगरपालिकाको नगर उप–प्रमुख मंजु देवी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, नेकपा एमालेका जुगेश्वर खतवे, नेकपा माओवादीका उमाशंकर साह महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दास, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, रोजगार शाखा प्रमुख रितेश मंडल, नेपाल प्रहरीका प्रतिनिधिहरु, राम माध्यमिक विद्यालयका प्र.अ. श्रीश कुमार मिश्र एवं शिक्षक–शिक्षिका, छात्र–छात्राहरु लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ