महोत्तरी । भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आएका जन्तीहरुलाई नेपालको पहिलो प्रवेश द्वार मटिहानीमा भव्य स्वागत गरिएको छ ।
जन्ती मटिहानी प्रवेश गरेपछि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, नेपाल प्रहरीका एसपी नकुल पोखरेल, शसस्त्र प्रहरीका एसपी बिनोद के.सी. र राष्ट्रिय अनुसंधान जिल्ला कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारी, लक्ष्मी नारायण मठका महन्थ जगरनाथ दास बैष्णव, शिष्य रबिन्द्र दास लगायतका साधु सन्तहरुका साथै ग्रामबासीले भवय स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया