जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले बनाउने हरेक संरचना अपाङ्गमैत्री हुने बताएका छन् ।
३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ मधेश प्रदेशको आयोजना तथा डिसेवलिटी राईट्स फण्डको सहयोगमा मधेशी अपाङ्गता भएका महिलाहरूको प्रथम प्रादेशिक सम्मेलनको जनकपुरधाममा उद्घाटन गर्दै उनले अपाङ्गमैत्री कानूनको निर्माणका लागि प्रदेश सरकारले काम गर्ने बताएका हुन् ।
अपाङ्गमैत्री संरचनाको निर्माणको सुरुआत गरिसकेको बताउँदै उनले अहिले विभिन्न ठाउँमा बनिरहेका शौचालयमा एक÷एक वटा अपाङ्गमैत्री कक्ष सहितको शौचालय बनाउन थालिएको बताए ।
राष्ट्रिय अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल महोत्तरी जिल्ला अध्यक्ष विना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बारा जिल्लाका महिला अपाङ्ग गोदावरी साह, सलमा खान, राष्ट्रिय अपाङ्ग महासङ्घ मधेश प्रदेश प्रदेशका अध्यक्ष किरण पासवानले धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया