गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको छ : मन्त्री लेखक

समाचार

बारा । गृहमन्त्री रमेश लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको बताएका छन् ।

बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले उनले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएका हुन् ।

गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए ।

गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिए ।

मेलामा आउने भक्तजनको सुरक्षामा कुनै कमी नहोस् भन्दै गृहमन्त्री लेखकले सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामरालगायत उपकरणको प्रयोगमा ध्यान दिन आग्रह गरे ।

गृहमन्त्री लेखकले मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखसहित बारा र पर्सा जिल्लाका सुरक्षा प्रमुखहरूसँग समग्र मधेश प्रदेशको सुरक्षा अवस्थालगायतबारे जानकारी लिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ