जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महा महोत्सवको चौथो दिन तिलकोत्सव पर्व सम्पन्न भएको छ ।
जानकी मन्दिरबाट भगवान् श्रीरामको तीलकका लागि १ सय १ भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव सहित साधु सन्त महन्तहरू बाजागाजा सहित राम मन्दिरमा पुगेर भगवान् रामको तिलक गर्ने चलन अनुसार तिलक गरिने कार्यक्रम सम्पन्न भएको हो ।
भारतको अयोध्याबाट यस पटक पाँच सयको सङ्ख्यामा साधु सन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्तिहरू जन्तीको रुपमा आएका छन् ।
तिलकोत्सव समारोहमा जानकी मन्दिरका तर्फबाट पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका नेता विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह सहितका मन्त्रीहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया सहितका सुरक्षा निकाय सहभागी थिए ।
तपाईको प्रतिक्रिया