गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको छ : मन्त्री भण्डारी

समाचार

रुपन्देही । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विमानस्थलमा भएका समस्यालाई समाधान गर्ने बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेकाले पर्यटन व्यवसायको बिकास गर्न सकिने बताएका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको विकल्प नभएको र यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो बिकास गरि भएका समस्या समाधान गरि लैजान तयार भएको मन्त्री भण्डारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा पर्यटन व्यवसायीले श्रम, सुरक्षा, पूर्वाधार लगायतका समस्याहरू समाधान गर्नका लागि आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ