काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै तेस्रो जीत हात पारेको हो ।
जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए ।
बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १(१ विकेट लिए ।
पोखराको यो दोस्रो हार हो । पहिलो खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।
तपाईको प्रतिक्रिया