वीरगंज । पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठास्थित श्री मसरुर पब्लिक विद्यालयको प्राङ्गणमा एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ ।
“प्रेम सबैलाई गर, कसैलाई घृणा नगर’ भन्ने मूल नाराका साथ आखाँ शिविर सम्पन्न भएको छ ।
केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ ।
शिविरमा ४५२ जनाको आँखा जाँच गरिएको थियो जसमा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन् । मोतियाबिन्दुको बिरामीको अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डक्टर डा अम्बिका साह,व्यास महतो,कैशल कुमार कर्ण रहेका थिए ।
सो कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको छ।भने विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर, केडिया आँखा अस्पतालका डा. राज किशोर साह रहेका थिए ।
शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए ।
आँखा शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए ।
तपाईको प्रतिक्रिया