काठमाडौं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासम्मेलन एवम् महासभा बैठक मंसिर २७–२९ गते जनकपुरधामस्थित जानकी मन्दिरमा सम्पन्न भएको छ ।
विश्व हिन्दु महासंघको मंसिर २८ गतेको जनकपुर महासम्मेलनले अध्यक्षको निर्वाचन समेत सम्पन्न गरेको छ हो ।
महासंघको अन्तर्राष्ट्रियको विधानअनुसार अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्वमुख्यन्यायाधीश शम्भु बहादुर खड्काको संयोजकत्वमा गठित अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरीको निर्वाचन समितिले निर्वाचन कार्य सम्पन्न गरेको थियो ।
अध्यक्ष पदमा एक जना बाहेक अन्य कसैको उम्मेदवारी पर्न नआएकोले अन्तर्राष्ट्रिय अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मतिले निर्वाचित गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।
तीन दिवसीय अन्तर्राष्ट्रिय सो सम्मेलनको प्रमुख संरक्षक जानकी मन्दिर जनकपुरधामका महन्त रामतपेश्वर दास बैष्णव रहेका थिए । विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरुबाट सहभागिता रहेको थियोे ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल–भारतका सम्पूर्ण सन्तगण, निवर्तमान कार्यकारिणी समिति, प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्ने सम्पूर्णमा साथै नेपाल सरकार, स्थानीय प्रशासन समाजसेवी, बुद्धिजीवी, स्वयंसेवक, सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गरेकी छन् ।
हिन्दु अधिराज्य पुनः स्थापनाका निम्ति सकृय समान विचार र दृष्टिकोण राख्ने सम्पूर्ण संघ, संस्था दल र अभियानहरुलाई आगामी दिनमा एकजुट भई सहकार्य गर्दै अगाडि बढ्नका निम्ति उनले आव्हान पनि गरेकी छन् ।
तपाईको प्रतिक्रिया