काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको छ ।
आइतबार बसेको जनमत पार्टीको सचिवालय समिति बैठकले बुधबारका दिन जनमतले सबै जिल्लामा जिल्लास्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको हो ।
जनमतका प्रवक्ता डा.शरदसिंह यादवका अनुसार आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गरिनेछ ।
तपाईको प्रतिक्रिया