ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

समाचार

सर्लाही । बरहथवा नगरपालिका–९ मधुवनीस्थित शान्ति चोकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ज.१ त ९८७६ नम्बरको ट्याक्टर र ज.४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतोको एड्भान्स सञ्जीवनी अस्पतालमा र मोटरसाइकलमा सवार २२ वर्षीय पुरूषोत्तम दासको बयोधा अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ