काठमाडौं । जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरदसिंह यादवले कुनै नेता वा पार्टी विशेषलाई जोगाउनका लागि मात्रै मधेशी दलहरुबीच एकता वा सहकार्यको औचित्य नरहेको बताएका छन् ।
मधेशी एकता समाजद्वारा काठमाडौंमा आयोजित ‘मधेशी शक्तियों में सहकार्य ः आवश्यकता, चुनौती और अवसर’ विषय विचार मन्थन कार्यक्रममा जनमतका प्रवक्ता डा.यादवले सो कुरा बताएका हुन् ।
डा.यादवले विगतमा पनि कुनै पार्र्टी वा नेताको राजनीतिलाई जोगाउनका यस्ता प्रयास भएकोले जनमत पार्टी सचेत रहेको बताए । उनले मधेश र मधेशीको नाममा केही नेताहरु आफ्नो राजनीति बचाउन फोहोरी खेल खेलेको आरोप उनले लगाए ।
‘मधेश र मधेशीका लागि एकता, सहकार्य वा मोर्चाबन्दीका जनमत पार्टी सदैव अरु दलभन्दा चार कदम अगाडि रहनेछ’, उनले भने, ‘कुनै पनि नेता वा पार्टीको राजनीतिलाई जोगाउन हामी सहकार्य वा एकता गर्दैनौं ।’
तपाईको प्रतिक्रिया