शहीद परिवारका सदस्यलाई स्वास्थ्य बीमा गरिने

समाचार

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र सशस्त्र द्वन्द्वमा शहीद भएका परिवारका लागि स्वास्थ्य बीमा गर्ने भएको छ ।

मधेश आन्दोलन र सशस्त्र द्वन्द्वमा शहीद भएका एक हजार ८१ परिवारलाई स्वास्थ्य बीमा गर्न मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बीमा बोर्डबीच सहमति सम्झौता भएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेशसचिव उद्धवप्रसाद रिजालका अनुसार स्वास्थ्य बीमाका लागि आवश्यक शहीद परिवारका विवरण संकलन गर्न स्वास्थ्य बीमा बोर्डका कर्मचारी फिल्डमा खटिइसकेका छन् ।

विवरण प्रशोधन गरेर नामावली तयार भएपछि सरकारले स्वास्थ्य बिमा प्रयोजनका लागि बोर्डलाई प्रतिपरिवार तीन हजार पाँच सयका दरले रकम पठाउने प्रदेशसचिव रिजालले बताए ।

वार्षिक तीन हजार पाँच सय रुपैयाँ दिएपछि एक परिवारका पाँचजना सदस्यसम्म स्वास्थ्य बिमित हुने गर्छन् ।

प्रदेश सरकारले मधेश आन्दोलन र सशस्त्र द्वन्द्वका सहिद परिवारको स्वास्थ्य बिमाका लागि ४० लाख रुपैयाँ चालू आर्थिक वर्षमा विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ