जनमत पार्टीले मनायो धोती दिवस

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंस्थित माइतीघर मण्डलामा धोती दिवस मनाएको छ ।

जनमतका नेता तथा कार्यकर्ताले धोती लगाएर माइतीघरमा भेला भएर धोती दिवस मनाएका हुन् ।

उनीहरूले ‘धोती हाम्रो सान हो, मधेशको पहिचान हो । धोती दिवस जिन्दाबाद, धोती भैया भनेर हेप्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिले आज धोती दिवस मनाउने निर्णय गरेको थियो । पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ