पताहीका अग्निपीडितलाई कपडा सहयोग

समाचार

राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलका अग्निपीडित परिवारलाई लगाउने कपडा सहयोग गरिएको छ ।

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सिस्टर फाउण्डेशन नेपालका अध्यक्ष शोभा थापाले महिला, बालबालिका तथा पुरुषको लागि उपलब्ध गराएका कपडा बुधबार पीडित परिवारलाई दिइएको हो ।

गएको आइतबार राति करीब १२ बजेर ४५ मिनटमा भएको भीषण आगलगीमा घर जलेका ८ परिवारलाई स्थानीय संस्था महिला तथा बालबालिका उत्थान केन्द्र राजदेवी नगरपालिका ७ की अध्यक्ष चन्द्रकला रामले पीडितलाइ भेटेर उक्त कपडाहरु उपलब्ध गराएकी हुन् ।

आगोबाट घर जलेर बिचल्लीमा परेका परिवारलाइ साडी, बलाउज, जीन्स पैंट, सर्ट, ज्याकेट, कोट, सूट प्लाजो, सल, स्वीटर, दुपटा, बिस्कुट, चाउचाउ लगायतका सामान प्रति परिवारलाई दिइएको संस्थाका अध्यक्ष रामले जानकारी दिएकी छन् ।

आगलगीबाट ५६ जना महिला पुरुष, बालबालिका प्रभावित भएका छन् । खुल्ला आकाश मुनि पालको सहारा लिएर बस्दै आएका पीडित परिवारलाई एक्कासी बढेको चिसोको कारण स्वास्थ्यमा असर पुग्ने उच्च जोखिम रहेको छ ।

पीडित परिवारलाई आवश्यक भएको कुरामा ध्यान दिएर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी सस्थाका अध्यक्ष रामले चिसोबाट जोगिन बालबालिकालाइ न्यानो कपडाको साथै चपल जुत्ताको सहयोग गर्नु पर्ने देखिएको जनाइन् । महिला तथा बालबालिकाको अधिकार, हकÞहितमा निरन्तर काम गर्दै आएका सिस्टर फाउण्डेशन नेपालका अध्यक्षलाई पीडितको अवस्थाबारे जानकारी गराए थप सहयोग गर्न सकिने विस्वास व्यक्त गरे ।

संचारकर्मीसँग कुरो गर्दै संस्थाकी अध्यक्ष चन्द्रकला रामले पीडितहरुको अवस्था एकदमै कष्टपूर्ण रहेकोले सबै सरोकारवालाले आवश्यकता हेरि सहयोग गर्नु पर्ने धारणा राखिन् । दैनिक ज्यालदारी गरी जीवन निर्वाह गर्दै आएका दलित समुदायका परिवार माथि ठूलो संकट आएकोले यस पीडाको समयमा सबैले सके जति सहयोग गर्नु पर्ने उल्लेख गरे ।

आगलगीमा स्थानीय बाबूलाल पासवान, सोगारथ पासवान, प्रदीप पासवान, दीपेन्द्र पासवान, नागेन्द्र पासवान, जगरनाथ पासवान र कान्ति देवी पासवानको घर जलेर नष्ट भएको छ ।

पीडित परिवार अहिले स्थानीय नगरपालिकाका विभिन्न संघ संस्थाले दिएको राहतको सहारामा त्रिपाल मुनि बस्दै आएका छन् । लुगा हस्तान्तरणको बेला भगवती प्रा वि हज्मीनियाका सहायक प्राध्यानध्यापक रूपलाल राम, स्थानीय भरभलादमी सहित संचारकर्मी सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ