राकेश यादव, रौतहट । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना आरोपित प्रहरी समक्ष आफै हाजिर भएका छन् ।
स्थानीय राजदेवी नगरपालिका वडा नम्बर १ निवासी २० वर्षीय राम नरेश राय यादवले जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका हुन् ।
२०७९ साल फाल्गुन २४ गतेका दिन स्थानीय २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट भएको मृत्युको घटनामा फरार रहेका आरोपित यादव करिव २ वर्षको अन्तरालमा पक्राउ परेका हुन् ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका आरोपितको परिवारलाइ अनुसन्धानमा सहयोग गरे सजायमा छुट हुने कानुनी व्यवस्था रहेको भनि प्रहरीले दिएको कानुनी परामार्शको कारण यादव हाजिर भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया